0
Shares
लुम्बिनी प्रदेश स्थित बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएपछि एकै पटक ५ जना विरामीको मृत्यु भएको छ ।
बुटवलको कोरोना अस्पतालमा आघा घण्टा अक्सिजन सप्लाई रोकिएपछि उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये बुटवल उपमहानगरपालिकाका ४ र नवलपरासीका १ जना रहेका छन् ।
मृत्यु हुनेमा बुटवल ११ का २९ वर्षिय पुरुष, वार्ड नम्बर ८ का ५२ वर्षीय पुरुष, बुटवल १२ की ५९ वर्षीया महिला र बुटवल १३ का ५२ वर्षीय पुरुष र बर्घाटका ४४ वर्षीय पुरुषको मृत्यु भएको हो