मधेशी पत्रकार समाज पर्साको न्या जिल्ला कार्य समितिको बसेको बैठकको निर्णय अनुसार सर्वसहमतिले पत्रकार रामजी यादवलाई अध्यक्ष पदमा चयन गरिएको छ। मधेशी पत्रकार समाज पर्साको नि.अध्यक्ष श्याम गुप्ताको अध्यक्षतामा भएको मधेशी पत्रकार समाज पर्साको जिल्ला कार्य समितिको बसेको बैठकको निर्णय बमोजिम सर्वसहमतिले अध्यक्ष पदमा पत्रकार रामजी यादवलाई चयन गरि कार्यभार जिम्मा लगाएको पूर्वध्यक्ष श्याम गुप्ताले जानकारी दिनुभयो।मधेशी पत्रकार समाज पर्साको जिल्ला कार्य समितिको बसेको बैठकमा २१सदस्यीय समिती गठन गरेको छ।जसमा उपाध्यक्ष मुन्ना ठाकुर , उपाध्यक्ष हरि किशोर शर्मा ,सचिव चन्द्रशेखर पंडित,सह-सचिव पुनम चौधरी, कोषाध्यक्ष धिरेन्द्र तिवारी, सदस्य मृत्युंजय साह, सुरेन्द्र यादव, सतेन्द्र यादव,सचितानन्द साह,जलेन्दर यादव,शत्रुधन गुप्ता ,प्रभा कुमारी यादव,नेहा गिरी,सुनिता पटवा,सहिना खातुन,लगायत रहेका छन।मधेशी पत्रकार समाज पर्साको नव गठित जिल्ला कार्य समितिको अधिबेशन कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मधेशी पत्रकार समाज पर्सालाई सधै साथ र सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो सो कार्यक्रममा बिभिन्न बक्ताहरुले आ-आफ्नो मन्तब्य राखेका थिए।मधेशी पत्रकार समाज पर्साको बिशेष अधिबेशन कार्यक्रममा उपस्थीत पदाधिकारीहरुलाई गम्छा माला तथा टिका लगाई स्वागत गरिएको थियो सो कार्यक्रममा बरिष्ठ सल्लाहकार श्याम गुप्ता,उमेश कुमार गुप्ता,दिलीप प्रजापति,श्रीराम राउत कुर्मी तथा लोक सल्लाहकार संध्या पासवान रहेका छन।मधेशी पत्रकार समाज पर्साको पदभार तथा बिशेष अधिबेशन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी,ग्रामिण पत्रकार समाज पर्साका अध्यक्ष धर्मेन्द्र चौरसिया,पत्रकार श्याम कुश्वाहा,मनोज मिश्रा, बुद्धिजिबी समाजसेबी लगायत ब्यक्तीत्वहरुको उपस्थिति रहेको थियो।