सर्लाहीमा लागु औषध सहित दुई जना पक्राउ

0 Shares

सर्लाहीमा लागु औषध सहित दुई जना पक्राउ

आज मिति २०८२।०३।१० गते अन्दाजी १ बजेको समयमा जिल्ला सर्लाही ब्रहम्पुरी गा.पा. वडा नं. ४ स्थित प्रहरी चौकी त्रिभुवननगरको मेन गेट अगाडी त्रिभुवननगर बजार देखी भेल्ही तर्फ जाने आउने बाटोमा प्रहरी चेकजाँचको क्रममा त्रिभुवननगर बजार देखी भेल्ही तर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ह. २२२१ नं. को यात्रुबाहक ट्याम्पोलाई रोक्की उक्त ट्याम्पोमा सवार भई आएका सबै यात्रुहरुलाई चेकजाँच गर्दा यात्रुहरु मध्ये जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. २४ बस्ने जित बहादुर बि.क. को छोरा अन्दाजी वर्ष १९ को अनिस बि.क. र ऐ.ऐ. बस्ने धन बहादुर परियारको छोरा अन्दाजी वर्ष १९ को सन्देश परियारको शरीर र निजहरूले बोकी लिई आएका सर समानहरू चेकजाँच गर्दा अनिस बि.क. को साथबाट लागू औषध (Nitrazepam-10) लेखिएको ५ पत्तामा ५० ट्याब्लेट र सन्देश परियारको साथबाट लागू औषध (Nitrazepam-10) लेखिएको ५ पत्तामा ५० ट्याब्लेट र निजहरूले बोकी ल्याएको रातो रंगको कपडाको झोला भित्र लुकाई छिपाई राखेको लागू औषध (Nitrazepam-10) लेखिएको ट्याब्लेट ११० पत्तामा ११०० (एघार सय) ट्याब्लेट समेत गरी जम्मा १,२०० (एक हजार दुई सय) ट्याब्लेटहरु रितपूर्वक फेला पारी निजहरुलाई कानून बमोजिम पक्राउ गरी सर्लाही जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाही ले जनाएको छ

सम्बन्धित समाचार

सबै