प्रेस मञ्च नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशन भदौ १७ गते हुने

0 Shares

पर्सा /१९ सावन / रामजी यादव

प्रेस मञ्च नेपाल मधेस प्रदेश समितिको दोस्रो अधिवेशन भदौ १७ गते हुने बैठकबाट निर्णय गरेको छ ।
प्रेस मञ्च नेपालका मधेश प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादवको अध्यक्षतामा शनिबार ढल्केवरमा सम्पन्न प्रदेश समितिको बैठकले तोकिएको मितिमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकमा भदौ महिनाको ११ गते भित्रै प्रदेशका ८ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय भएको जनाइएको छ । त्यस्तै भदौको १२ गते भित्र ८वटै जिल्लाले जिल्लाको लेटरहेड प्रयोग गरी जिल्लाका निर्वाचित पदाधिकारी तथा सदस्यहरु र प्रदेश पार्षदहरुको नामावली प्रदेश समितिलाई बुझाउन निर्देशन समेत दिइएको प्रेस मंच नेपाल मधेश प्रदेश समितीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै