
सशस्त्र प्रहरी बल पर्सा द्बारा २४ ओटा अबैध ब्रोईलर कुखुरा बरामद गरि नष्ट गरियो।
रामजी यादव /२२ सावन पर्सा#
विन्दवासिनी गाउँपालिका वडानं.१ गर्दौल स्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस बहुअर्वा -भाठा पर्साबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक भिम बहादुर क्षेत्रीको कमाण्डमा ५ जना गाडीमा मोबाईल टोली र सशस्त्र प्रहरी बल नं.१३ गण हेड.क्वा.पर्साबाट खटिरहेको सशस्त्र प्रहरी सहायक निरीक्षक सुजय कुमार सिंहको २ जना सहितको संयुक्त टोली देख्नासाथ भारतबाट अबैधरुपमा साईकलमा लोडगरि नेपाल तर्फ ल्याउदै गरेको रु.(२१०००/-)बराबरको २४ओटा ७० के.जी प्रतिबन्धित ब्रोईलर कुखुरा छोडी ब्यक्ती साईकल लिई भागी गएको हुदा उक्त कुखुरा नियणत्रणमा लिई सशस्त्र प्रहरी बल सुरक्षा बेस बहुअर्वा-भाठाको पेरिमिटर भित्र खाल्टो खनी स्थानिय बासिन्दा,वडा सदस्य , विन्दवासिनी गाउँपालिकाका पशु चिकित्सक,पत्रकारको रोहब्बरमा नष्ट गरिएको छ।भारतबाट हुने अबैध तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल नं.१३गण हेड.क्वा.पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचनद्र भट्टले बि.ओ.पीका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ।भारत र नेपालको सिमावर्ती क्षेत्रमा अबैध क्रियाकलाप हुन नदिन पर्साका बि.ओ.पी प्रमुखलाई कडा सुरक्षाको ब्यवस्था मिलाउन आदेश दिएका छन।