सरकारले सामाजिक सुरक्षामा ३३ प्रतिशत वृद्धि गरेको छ

0 Shares

नेपाल सरकारले भूमिहीन, सुकुम्वासी, पूर्वकमलरी, पूर्व कमैया, हरुवाचरुवा र अब्यबस्थित बसोवासीलाई आगामी बर्षभित्र जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने भएको छ ।

आर्थिक बर्ष २०७८/०७९ को बजेट भाषण मार्फत अर्थमन्त्री बिष्णु पौडेलले उक्त घोषणा गरेका हुन् ।  त्यसका लागि ६८ करोड बजेट बिनियोजन गरिएको छ ।

जग्गा उपलब्ध गराइनेहरूको अभिलेख संकलन, नाप नक्सांकन लगायतका काम सम्पन्न गरी आगामी आवभित्रै जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराइने अर्थमन्त्री पौडेलले बताए ।

वृद्धभत्ता अब मासिक ४ हजार पाउने

यसैबीच सरकारले सामाजिक सुरक्षामा ३३ प्रतिशत वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी वृद्धभत्ता ४ हजार पुर्‍याएको घोषणा गरेका हुन् ।

हाल जेष्ठ नागरिकहरूले मासिक ३ हजार भत्ता पाउँदै आएका थिए ।

सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए ।

सामाजिक सुरक्षाका लागि एक खर्ब रुपैयाँ बिनियोजन गरिएको छ ।

सम्बन्धित समाचार

सबै