सरकारले अध्यादेशमार्फत १६ खर्बको बजेट ल्याउने तयारी

0 Shares

सरकारले अध्यादेशमार्फत १६ खर्बको बजेट ल्याउने।  नेपाल सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ । दिउसो २ बजे मन्त्रालयबाटै आर्थिक सर्वेक्षण सार्वजनिक गरिने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

आगामि आर्थिक वर्ष २०७८ / ७९ को बजेट भने भोलि सार्वजनिक गरिदैछ । सरकारले अध्यादेशमार्फत ल्याउन लागेको बजेटको लगभग १६ खर्बको आसपासको हुनेछ ।

बजेटको अधिकांश कार्यक्रम कोभिड केन्द्रित हुनेछन् । विपक्षीहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने दावी गरिरहेका बेला सरकारले ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो ।

गत वर्ष कोभिडकै कारण बजेटको आकार घटाउदै १४ खर्ब ७४ अर्बको बजेट ल्याईएको थियो । यस वर्ष भने स्रोतको संकटकै बीच बजेटको आकार बढाउने मन्त्रालयले तयारी गरेको छ । स्रोत व्यवस्थापनका लागि आगामी बजेटमा राजस्व २० प्रतिशत बृद्धि गर्ने लक्ष्य राखिएको छ।त्यस्तै आन्तरिक ऋणको सीमा पनि ५ प्रतिशतको हाराहारीमा बृद्धि गरिनेछ । आगामी बजेटमा सरकारले चुनाव केन्द्रित केही लोकप्रिय कार्याक्रमहरु समावेश गर्ने अनुमान गरिएको छ ।

वृद्धभत्तासहित सामाजिक सुरक्षाभत्ता ५ हजारसम्म पुर्‍याउने, कर्मचारीको तलव २० प्रतिशतले बढाउने, उद्योगी–व्यवसायीलाई राहत दिने, युवा केन्द्रित लोकप्रिय कार्यक्रमहरु आगामी बजेटमा प्रस्तुत गर्न लागिएको अर्थमन्त्रालय स्रोत बताउँछ ।

सम्बन्धित समाचार

सबै