चौबीस घन्टामा देशभरी ५४५५ जना कोरोनामुक्त, २४७६ संक्रमित थपिए

0 Shares
चौबीस घन्टामा देशभरी ५ हजार ४५५ जना कोरोनामुक्त  भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४१३ जना संक्रमित निको भइसकेको छ ।

देशमा संक्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

देशभरका प्रयोगशालामा १४ हजार ३५१ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४६ जनामा कोराना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो  । ।

मन्त्रालयका अनुसार ९ हजार ५८६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टीजेन परीक्षण गर्दा ६५५ जना संक्रमित पुष्टि भएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ।  हालसम्म ८ हजार ९४५ जना संक्रमितको मृत्यु भएको हो ।

सम्बन्धित समाचार

सबै