यसकारण लागू गरियो सिन्धुलीमा निषेधाज्ञा !

0 Shares

काठमाण्डौः सिन्धुलीको कमलामाई नगरपालिकाका विभिन्न ठाउँमा निषेधाज्ञा लागू भएको छ । कमलामाई नगरपालिकाको स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङखोला पुल, हस्पिटल रोड क्षेत्र भित्र शान्ति सुरक्षा कायम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अघि बिहान ११ बजेदेखि भरे राति १२ बजेसम्म निषेधाज्ञा लागू गरेको हो ।

निषेधाज्ञाको समयमा शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि किसिमका सभा, समारोह तथा जुलुस नगर्न नगराउन आग्रह गरिएको छ ।

आग्रहलाई अटेर गरे कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीगढीमा रहेको खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटनको विषयमा विवाद भए पछि निषेधाज्ञा लगाइएको हो ।

सम्बन्धित समाचार

सबै