न्यायाधीशहरु भन्छन् हामी न्यायाधीश विभाजित भएका छैनौं !

0 Shares

काठमाडौँः सर्वोच्चका न्यायाधीशहरुले न्यायलयको सुधारका लागि आफुहरु एकै ठाँउमा रहेको बताएका छन् । आज (मंगलबार) नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिससँगको छलफलमा सहभागी न्यायधिशहरुले सर्वोच्च अदालतका न्यायाधीश विभाजित नभएको भन्दै सवै एकै खेमातर्फ रहेको दावी गरेका हुन् ।

छलफलका क्रममा उनीहरुले आफुहरु सबै एकै ठाँउ रहेको र इजलाश भएका कारण केहि न्यायधिश आउन नसकेको भन्दै बारले अन्तिम निर्णय गरे एकैठाँउ रहने बताएको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिए । मंगलबार चार जना न्यायाधीश नियमित इजलासमा फर्केका थिए ।

त्यस्तै छलफलमा न्यायधिशहरुले नागरिक सेवाबाट बञ्चित हुनुपरेकोमा चिन्तित भएको भन्दै न्यायलयको सुधारका लागि आफुहरुले पनि पहल गर्ने बताएको उपाध्यक्ष बस्यालले बताए । आफुहरुले प्रधानन्याधिशको राजीनामा नै बटमलाईन भएको स्पष्ट पारेको उनको भनाई छ ।

छलफलमा बारका उपलव्ध पदाधिकारी, सर्वोच्च बारका अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै न्यायधिशहरुको सहभागी रहेको थियो ।

सम्बन्धित समाचार

सबै