0
Shares
काठमाडौंः दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी ब्यूरो हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुगेर खोप केन्द्रको अवलोकन गरेका छन् ।
तीन दिने नेपाल भ्रमणको क्रममा रहेका सहायकमन्त्री लुले बिहीबार बिहान शिक्षण अस्पताल पुगेर कोभिडविरुद्धको फाइजर खोप केन्द्रको अवलोकन गरेका हुन् । सो अवसरमा सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गरे ।
कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सरकारले नेपाललाई कोभिडविरूद्धको १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन र १ लाख ६२० डोज फाइजर खोप यस अघिनै उपलब्ध गराइसकेको छ ।