वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि यी कुराहरु गर्न प्रतिबन्ध

0 Shares

पर्साः वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउन नपाइने भएको छ । ध्वनी प्रदूषण नियन्त्रण गर्न यस्तो नियम ल्याइएको महानगरपालिकाले जनाएको छ ।

विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसङ्गीत एवम् सडकमा आर्केस्ट्राको नृत्यमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुन सक्ने विकृति–विसङ्गति तथा अश्लील गीतसङ्गीत एवम् सडकमा त्यस्तो नृत्यमा रोक लगाइएको हो ।

सम्बन्धित समाचार

सबै