0
Shares
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले एमसीसी विवादले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुँदै गएको बताएका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । देश विकास गर्न राजा महेन्द्रबाट पाठ सिक्नुपर्ने भन्दै थापाले दलहरूलाई सुझाव दिएका छन् ।
उनले शितयुद्ध चरमोत्कर्षमा रहेको बेला दुवै महाशक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघबाट सहयोग लिएर देश बिकास गर्ने राजा महेन्द्रको कुटनीतिक कौशल, दूरदर्शिता र साहसबाट पाठ सिकौं भनेका छन् ।
अहिले एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनका दलहरुबीच कुरा मिलिरहेको छैन । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले संशोधनपछि मात्रै एमसीसी पारित गर्नुपर्ने बताउदै आएका छन् ।