आजदेखि कुर्था–जनकपुर–जयनगर रेल सञ्चालन हुने

0 Shares

काठमाडौँ । भारतबाट खरिद गरेको लामो समय थन्किएको जनकपुर–जयनगर रेल आजदेखि गुड्ने भएको छ । उद्घाटन नभएसम्म यात्रु नबोकी रेल नियमित दिनको एकपटक चल्ने भएको हो । रेल चलाउन लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ । लिकमा लगाइएका हाटबजार बन्द गराइएको छ ।

लामो समयदेखि थन्काइएको रेलको कुन कण्डिसनमा छ भन्ने बुझ्न आजदेखि रित्तै गडाउन लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले बताउनुभयो । रेल्वे लिकमा छाडा छाडिने पशु चौपाया, मानव आवागमन, जथाभावी बाटो लगाउने जस्ता समस्या समाधान गर्न रेल्वे ‘ड्रायरन’ गर्नु आवश्यक रहेको  झाले बताउनुभयो ।

सञ्चालनका लागि दुवै रेलको इन्जिन र बोगी एउटैमा जोडिएको छ । अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको छ । जाने बेला एउटा इन्जिन र फर्किने बेला अर्को इन्जनको प्रयोग गरिने छ ।

नेपाली र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा रेल उद्घाटन गर्ने तयारी छ । तर त्यसको लागि हालसम्म तिथि तय भएको छैन । फागुन पहिलो सातामा उदघाटन तिथि तय हुन सक्ने महाप्रवन्धक झाले बताउनुभयो । २ असोज २०७७ मा भारतबाट खरिद गरी दुई सेट रेल नेपाल भित्र्याइएको थियो ।

 

सम्बन्धित समाचार

सबै