काठमाडौं । ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हाम्रो नेपाल हामी नेपाली अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ ।
यसको पृष्टि हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाहीले दैनिक न्यूज नेपाललाई गराए ।
उनले भने- हो हामी राप्रपामा समाहित हुदैछौं, घोषणा कार्यक्रम यहि फागुन ६ गते प्रज्ञा प्रतिष्ठानमा छ । मलाई राप्रपाको मुख्य प्रवक्ताको जिम्मेवारी दिने सहमति भएको छ ।
दुई पक्षबीच आज यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने नीति लिएर यस कार्यका लागि महामन्त्री डा।धवल शमशेर राणाको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।
उक्त वार्ता समितिले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानलाइ राप्रपामा समाहित गर्न गरेको प्रस्तावलाई आज राप्रपाको पदाधिकारी बैठकले अनुमोदन गरेको छ ।
अभियानका संयोजक ज्ञानेन्द्र शाहीले भने राप्रपासँग वार्ता जारी रहेको जानकारी दिए । उनले विस्तृतमा पछि कुरा गर्ने बताए ।