पर्सा/रामजी यादव
चैत्र २ गते बीरगंज महानगरपालिका वडा नं १२ रेडियो बीरगंज नजिक रहेको नेशनल एकेडेमी क्याम्पसले हरेक सप्ताहमा विधार्थीहरुको भित्रि रचनात्मक कलाहरुलाई प्रस्तुत गर्ने उदेश्यले मिति २०८०/११/०२ गते शुक्रबारको दिन क्याम्पस प्राङ्गणमा “वैज्ञानिक शिक्षा भन्दा नैतिक शिक्षा वेस” विषयमा ४० जनाको सहभागिता साथ यस क्याम्पसका संस्थापक अध्यक्ष केदार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा विशिष्ट अतिथि ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रध्यापक तथा नेशनल एकेडेमी क्याम्पसका संस्थापक प्रध्यापक इन्दु शेखर मिश्रा, यस क्याम्पसका डाइरेक्टर तथा एच.आर. दिलिप प्रजापति, डाइरेक्टर तथा फाइनान्स हेड गुड्डु रौनियार अतिथि तथा उक्त कार्यक्रमको निर्णायक मण्डलमा नेशनल एकेडेमी क्याम्पसका नेपाली प्रध्यापक बलराम र्शेष्ट, उज्ज्वल अर्याल तथा अंग्रेजी प्रध्यापक निरज सिंह लगायतको उपस्थिती रहेको थियो।सो
कार्यक्रममा ४० जनाको सहभागिता मध्ये कक्षा १२ की छात्रा बिनिता साह पहिलो बिजेता भएकी छिन भने नेशनल एकेडेमी क्याम्पसमा संचालित बि.बि. एस. पहिलो बर्षमा अध्ययनरत छात्रा अंजलि चौधरीले दोस्रो स्थानमा सफल भएकी छिन साथै कक्षा १२ मा अध्ययनरत छात्रा ज्यासमिन खातुनले तेस्रो स्थान हासिल गरेकी छिन।
बिजेताहरुलाई सम्मान गर्दै मेडल, टौफि तथा रैङक अनुसारको तहमा लगाइएको थियो भन्ने कार्यक्रम उदघोष कक्षा १२ की छात्रा नेहा कुशवाहाले गरेकी छिन।