0
Shares
कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति सीसीएमसीले निषेधाज्ञा लागु भएका जिल्लामा कडाई गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठयकले नेपाल भारत तर्फ खुलेकाे ३५ नाकामध्ये १३ नाका मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको हो । बाँकी २२ बटा नाका पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले निर्णयसँगै सरकारी कार्यालय र बैंक वित्तीय संस्थाका कार्यालय मात्र खुल्ने छ । सरकारले क्वरेण्टी सहित खुला राखेका नाकाहरू जोगवनी,काँकडभिट्टा, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।