0
Shares
एजेन्सीः यमनको उत्तरपूर्वी प्रान्त मारिबमा हुथी विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ । हुथीहरुले यहाँको एक मस्जिदमा आक्रमण गरेका यमनी सेनाले जनाएको छ ।
यमनी सेनाका अनुसार उक्त आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ। हुथीहरुले सोमबार क्षेप्यास्त्र हानेका थिए । त्यस क्षेप्यास्त्र प्रहारका कारण मस्जिद ध्वस्त भएको छ ।
हुथी विद्रोहीहरुले समयसमयमा यहाँको सेनामाथि पनि आक्रमण गर्ने गरेका छन् । उक्त क्षेत्रमा केही समययता देखि विद्रोहीहरुले आफ्ना क्रियाकलापहरु बढाएका र सरकारका सुरक्षा निकायहरुले पनि निगरानी राखिरहेको बताइएको छ ।