मादक पदार्थ सेवन गरी आफ्नै सन्तानलाई एसिड प्रहार गर्ने बाबु पक्राउ

0 Shares

काठमाडौंः सोलुखुम्बुमा आफ्नै छोरालाई एसिड प्रहार गर्ने बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलु दूधकुण्ड नगरपालिका(५, सल्लेरीका ५० वर्षीय मोहन बराइली रहेका छन् । उनले आफ्नै २५ वर्षीय छोरासहित २ जनालाई एसिड प्रहार गरेका हुन् ।

मादक पदार्थ सेवन गरी उनले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । एसिड प्रहारबाट घाइते भएका दुवैजनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि वीर अस्पताल काठमाडौं लगिएको जनाइएको छ ।

सम्बन्धित समाचार

सबै