विवाह बन्धनमा बाधिँदै बलिउड अभिनेत्री मलाइका र अभिनेता अर्जुन कपुर

0 Shares

बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुर आपसमा विवाह गर्ने तयारीमा छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अर्का अभिनेता सलमान खानका भाइ अरबाज खानसँग अलग्गिएपछि मलाइका अर्जुनसँग नजिकिएकी हुन्।

४० वर्ष नाघिसकेकी मलाइकाभन्दा अर्जुन १२ वर्षले कान्छा हुन्। मलाइकाले गत वर्ष अरबाज खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन्। उनका १५ वर्षीय छोरासमेत छन्। अर्जुन भने अविवाहित हुन्।

गहिरो प्रेममा परेका उनीहरूले माल्दिभ्समा छुट्टी मनाएका तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो।

सेलिब्रेटी ज्योतिष जगन्नाथ गुरुजीले हालै एक अन्तर्वार्तामा उनीहरू बिहेको तयारीमा रहेको बताएका हुन्। अभिनेता अर्जुन र अभिनेत्री मलाइका सन् २०२२ मा विवाह गर्ने तयारीमा रहेको उनको भनाइ छ।

सम्बन्धित समाचार

सबै