वीरगञ्ज । हिन्दू स्वयंसेवक संघ नेपाल, जनकपुर सम्भागका कार्यकर्ताहरूको दुईदिने बैठक वीरगञ्जमा सम्पन्न भएको छ।
असोज ५ र ६ गते वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित तेरापन्थ जैन भवनमा आयोजित बैठकमा जनकपुर सम्भागअन्तर्गत विभिन्न जिल्ला तथा नगरबाट आएका प्रतिनिधि, संघका केन्द्रीय पदाधिकारी तथा प्रचारकहरूको सहभागिता रहेको थियो।
बैठकमा संगठनका विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना, संगठन विस्तार तथा सामाजिक उत्तरदायित्वका विषयमा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले समाजमा सकारात्मक परिवर्तनका लागि स्वयंसेवकहरूको भूमिका थप प्रभावकारी बनाउने, सामाजिक तथा सेवामूलक गतिविधिलाई निरन्तरता दिने र संगठनात्मक गतिविधिलाई थप व्यवस्थित बनाउने विषयमा विचार राखेका थिए।
बैठकमा आगामी दिनमा सञ्चालन गरिने विभिन्न कार्यक्रम तथा गतिविधिका लागि आवश्यक योजना निर्माण र कार्यान्वयनका विषयमा समेत छलफल भएको जनाइएको छ।