पछिल्लो १२ घण्टामा गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा

0 Shares

काठमाडौं, असोज १० । पछिल्लो १२ घण्टामा गुल्मी जिल्लाको भार्से मौसम मापन केन्द्रमा ११४ मिलिमिटर वर्षा मापन गरिएको छ।

मौसमसम्बन्धी पछिल्लो विवरणअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। यस्तै, कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
लगातार वर्षा भइरहेका क्षेत्रमा नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
विशेषगरी भारी वर्षा भएका तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनामा ध्यान दिन आवश्यक देखिन्छ।

सम्बन्धित समाचार

सबै