नेपालको ४३ औं प्रधानमन्त्रीको रुपमा केपी ओली पुन:नियुक्ति , शुक्रबार २ बजे शपथ

0 Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली लाई प्रधानमन्त्रीको पदमा पुनः नियुक्त गरेकीछिन् । संबिधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सवैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ।प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा बिश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि स्वतः पदमुक्त भएका केपी ओली दलहरूलाई वहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको ३ दिनको समयमा कसैको दाबी नपरेपछि पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपतिज्यूले संविधानको धारा ७६ उपधारा ३ अनुसार प्रधानमन्त्रीमा प्रतिनिधिसभाको सवैभन्दा ठूलो दलका नेता केपी ओलीलाई नियुक्त गर्नुभएको हो ।

केपी ओलीलाई शुक्रबार दिउँसो २ बजे शपथ गराउने तयारी भइरहेको छ।

सम्बन्धित समाचार

सबै