0
Shares
पार्टीलाई नयाँ ढङ्गले सञ्चालन गर्नका लागि नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुझाब मागेका छन्। आइतवर राती आफ्नो आधिकारीक फेसबुकमार्फत् पोष्ट हाल्दै प्रचण्डले नयाँ ढंगले पार्टी सञ्चालनको तयारी रहेको भन्दै इमेलमार्फत् सुझाब मागेका थिए। जवाफमा एमालेको राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय उपाध्यक्ष सञ्जिब कुमार झा सुरजले फेसबुकमार्फत नै कडा प्रतिकृया दिएका छन्।
उनले प्रचण्डलाई सुझाब दिँदै सबभन्दा पहिला आफ्नो पार्टीको लिङ्ग छुुट्याउन सुझाब दिएका छन्। पार्टी कस्तो वनाउने हैन, पहिला पार्टीको लिङ्ग छुट्याउनेतिर लाग अनि दिउँल सल्लाह, उनले फेसबुकमा लेखेका छन् , उपाध्यक्ष सुरजले प्रचण्डलाई भष्माशुरको संज्ञा दिँदै सधैं अर्काको पार्टी बिगार्नतर्फ लागेकाले आज यस्तो अवस्था आएको बताएका छन्।