भारतमा दोस्रो ठूलो चक्रबत तूफान आउँदै, त्यसको प्रभाब नेपालमा पनि पर्ने

0 Shares
भारतमा २ दिन अघि आएको ताउते तुफान र अव आउने लागेको नया अण्डमान तुफानको प्रभाब नेपालमा पनि आउने भएको छ । 

समुद्री तटबाट आएको तुफानका कारणले भारतको विभिन्न राज्यमा तहसनहस वनाएको छ । कयौं नागरिकको ज्यान गएको छ । अर्बौंको क्षति भएको छ ।

भारतकाे बैज्ञानिकहरुले अर्को ठूलो चक्रबत तुफान आउने संकेत गरेका छन् । र त्यसको प्रभावले नेपाल लगायत अन्य देशमा पनि पर्ने जनाएका छन् ।

यता काठमाण्डौ को उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ ।

भारतमा आएको चक्रबातका कारण मौसम बदली भएर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज दिनभर नै झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने भएकाले साबधानी अपनाउन आग्रह गरेको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राति कर्णाली, लुम्विनी र सुदूरपश्चिमका केही ठाउँमा समेत ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ ।

यस्तै हिमाली भेगमा पनि भारी हिमपात र वर्षाको सम्भाबना रहेको मौसमबिद्ले बताएका छन् ।

महाशाखाले नदीहरुमा वाढीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्वतारोहण नगर्न, नगराउन पनि मौसमविद्ले आग्रह गरेकाे छन् ।

सम्बन्धित समाचार

सबै