राष्ट्रियसभाको सदस्यमा निर्वाचित डा. देबकोटाले ५ हजार ८८ मतसहित प्राप्त गरे । देबकोटाका निकटतम् प्रतिस्पर्धी एमालेकाे उम्मेदबार रामबहादुर वादलले ४०१४ मतभार मात्रै प्राप्त गरे ।
स्वतन्त्र उम्मेदबार संघीयताविद् डा. देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन थियो ।
माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका बादललाई बिजयी गराउन एमालेले ह्वीप जारी गरेको थियो । तर, एमालेका नेता माधव नेपाल समूहका प्रदेशसभा सदस्य, नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखले बादललाई मत दिएनन् ।
