एमालेकाे अध्यक्ष केपी शर्मा ओलीले थप १२ सांसदलाई स्पष्टीकरण

0 Shares

एमालेले थप १२ सांसदलाई आज स्पष्टीकरणपत्र पठाएको छ ।

आइतबार ९ गते बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकको निर्णय अनुसार विरोध खतिवडा, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, झपट रावल, कृष्णलाल महर्जन, भवानीप्रसाद खापुङ, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, यज्ञराज सुनुवार, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरणपत्र पठाउन लागेको हो ।

बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको रिटमा हस्ताक्षर गर्ने थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयनुसार २४ घण्टे स्पष्टीकरणपत्र पठाउन लागिएको हो ।

सम्बन्धित समाचार

सबै