मन्त्रीहरुलाई विदाई समेत केहि महत्वपुर्ण निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएकाे छ ।
वालुवाटारमा केही बेरमा बस्ने बैठक लगत्तै जसपा समेत अन्य नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम हुनेछ। बैठकमा सात माओबदी मन्त्रीहरूको बिदाइसँगै जसपाका नयाँ मन्त्रीहरूलाई नियुक्त गरिने छ ।
अहिलेका चार मन्त्री वाहेक सबैलाई विदाई गरिदैछ । नयाँ मन्त्रीहरुको सपथग्रहण आज शुक्रबार साँझ ८ बजे शितलनिवासमा हुदैछ ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री बिष्णु पौडेल र जसपा नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउने भएका छन्।
उनीहरुसहित जसपा र एमालेका उपप्रधानमन्त्री पोडेलको मर्यादाक्रम माथि रहने छ भने महतो त्यसपछिको मर्यादा क्रममा रहने छन् ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेल मन्त्रिपरिषद विस्तारमा नदोहोरिने भएका हुन्।
उनले प्रधानमन्त्री ओलीसँग आफू पार्टी काममा केन्द्रित हुने इच्छा व्यक्त गरेको निकट स्रोतले जनाएको छ ।
पोखरेल सरकारमा नरहने भएपछि एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ बन्ने भएका छन् । पौडेल अर्थ मन्त्रीसहित उपप्रधानमन्त्री हुनेछन् भने रघुवीर परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री हुने तय भएको स्रोतले जनाएको छ।
त्यस्तै शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् । त्यस्तै कृष्ण गोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र वसन्त नेम्वाङले निरन्तरता पाएका छन् ।
उता, संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो। जसपाका उपप्रधानमन्त्री महतोसहित ८ जना मन्त्री र दुई राज्यमन्त्री हुने छन् ।