देशमा वैदेशिक लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । राष्ट्र बैंकले बिदेशी लगानी तथा बिदेशी ऋण निनियमावली २०७८ जारी गर्दै नेपालमा लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने विनियमाली वनाएको छ ।
राष्ट्र बैंकले गत माघमा नै यो प्रस्ताब गरेको थियो । माघमा विनियमावली तयार पारे पनि स्वीकृत भने गरिएको थिएन । माघमा तयार पारेको विनियमावलीलाई राष्ट्र बैंकले मंगलबार स्वीकृत गरेको हो ।
योसँगै अब बिदेशी लगानीकर्ताले बिदेशी लगानी स्वीकृति गर्ने निकायबाट बिदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको बिदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिबर्य हुनेछैन ।
शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने राष्ट्र बैंकले बताएको हो ।
सोका लागि बिदेशी लगानी हुने उद्योगरकम्पनी वा बिदेशी लगानीकर्ताले अनुसूची(४ मा उल्लिखित कागजातसाथ एकाईमा निबेदन पेश गर्नुपर्ने छ ।
तर, बिदेशी लगानी स्वीकृत भए पश्चात बिदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व लिखित जानकारी भने दिनु पर्नेछ ।निनियमावलीमा उल्लेख भए अनुसार नेपाल भित्रिएको बिदेशी लगानी बापतकोरकम बैंक तथा वित्तीय संस्थाले अनुसूची–३ बमोजिमका कागजातहरूको यकिन गरी सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्नेछ ।
यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको बिदेशी लगानी वापतको बिदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योग र कम्पनीको खातामा जम्मा गर्नु पर्ने विनियमावलीमा उल्लेख गरिएको छ ।