सातै प्रदेशमा आजदेखि चिनियाँ खोप लगाइदै

0 Shares

नेपाललाई चीन सरकारले अनुदान दिएको चिनियाँ भेरोसेल खोप आजदेखि सातै प्रदेशमा लगाउन शुरु गरिदैँ छ ।

खोप लगाउने  उमेर समूहलाई संशोधन गरिएको छ । आजदेखि लगाउने भनिएको भेरोसेलको उमेर समूह परिवर्तन गर्दै ६२ देखि ६४ वर्ष उमेर समूहका ब्यक्तिलाई लगाउन निर्देशन दिएको छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमवर जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ।

खोप उपलब्धताको आधारमा यो निर्णय गर्न प्रदेश स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिइएको छ। काठमाडौंको उपत्यकामा भने ६० देखि ६४ वर्ष उमेर समूहले नै खोप पाउनेछन्।

यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोभिडविरुद्धको खोप भेरोसेल दिने भनेको थियो। तर, अन्तिम समय आएर उपत्यका बाहिरका जिल्ल्लामा उमेर समूहमा संसोधन गरेको हो।

यस्तै हिमाली जिल्लामा यसअघि नै ५५ वर्ष माथिकालाई खोप दिइएकोमा छुट भएकाहरुलाई सोही उमेर समूहकालाई दिइने बताइएको छ। तिब्बतसँगको सिमा जोडिएका जिल्लामा भने १८ देखि ६४ वर्ष उमेर समूहकालाई नै दिइने बताइएको छ।

यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिइने जनाइएको छ।

सम्बन्धित समाचार

सबै