प्रहरीले दुई भारतीयलाई अबैध रुपैया सहित पक्राउ गरेको छ ।जिल्ला मोतिहारीको घोडासहन बस्ने वर्ष २२ को बन्टि कलवार र बर्स २० को सुरज कलवार रहेको छ । मिति २०७८।०२।२६ गते लगभग ०७:३० बजेको समयमा जिल्ला रौतहट परोहा न.पा.९ रामपुरखाप स्थितमा नेपाल भारत सिमामा प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ BR05R4521 नम्बर को मोटरसाइकलमा आउदै गरेका मोटरसाइकल सवार चालक भारत जिल्ला मोतिहारी घोडासहन बस्ने जिल्ला मोतिहारी घोडासहन वर्ष २२ को बन्टि कुमार कलवार र मोटरसाइकल पछाडि सवार बस्ने वर्ष २० को सुरज कलवारलाई रोकी चेकजाँच गर्दा निजहरुले बोकेको झोलामा र निजहरुको साथबाट भारतबाट नेपाल तर्फ पैठारी गरि ल्याएको अवैध रकम श्रोत नखुलेको रु.३०,७६,०००।- (तिस लाख छयत्तर हजार) नेपाली नगद रुपैया बरामद गरी उक्त नम्बर को मोटरसाइकल र निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएका छन्।