0
Shares
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व बिभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाबिरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा बिशेष अदालतमा दायर गरेको हो ।
अख्तियार दुरूपयोग आयोगले तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका ३ पदाधिकारी बिरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले कर फर्छ्योट आयोगका पदाधिकारीले कानून बिपरीत वदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रबक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका हुन् ।