0
Shares
एमाले कार्यदलका सदस्यले नेता माधब नेपाललाई १० बुँदे सहमतिपत्र बुझाएको छ ।
एमालेभित्रको बिवाद समाधानका लागि गठित कार्यदलका सदस्यले मंगलवार बरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलस्तरमा भएको १० बुँदे सहमति बुझाएको छ ।कार्यदलका सदस्यहरु भीम रावल, सुबास नेम्वाङ र विष्णुप्रसाद पौडेलले बरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाएका छन् ।
कार्यदलले आइतवार राति पार्टीभित्रको बिवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा जुटेको सहमतिपत्र सोमवार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको छ ।
सहमति पत्र बुझाउन सोमवार भीम रावल बालुवाटार पुगेका थिए । अध्यक्ष ओली समूहको स्थायी कमिटी बैठक चलिरहेका बेला रावल सहित कार्यदलका सदस्यहरुले सहमतिपत्र बुझाएका हुन् ।