यसकारण लगाए प्रचण्डले ओलीलाई गणतन्त्र उल्ट्याउने खोजेको आरोप !

0 Shares

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने’ बताएको सुनेको बताएका छन् ।

आज (सोमबार) कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भन्दै अध्यक्ष प्रचण्डले उक्त कुरा सुनेको बताए ।

उनले अहिले परिवर्तन उल्ट्याउने षडयन्त्र भएको र आफूहरूले बलियो भएर रक्षा गर्नुपर्ने बताए । उनले प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाएको आरोप लगाए ।

संसारभरी र देशभरका प्रतिक्रियावादीले ओलीजस्तो अवसरवादी भटेको बताउँदै उनले भने, ‘मलजल र सिंगरपटार गरे । अरुले गर्न नसकेको काम कम्युनिस्ट पार्टीको प्रधानमन्त्री र अध्यक्षबाट गराए । हाम्रो ध्यान पार्टी ठूलो बनाउनेमा थियो । हामीले गल्ती गरेको होइन । प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाए । अब संघर्ष बाहेक अर्को विकल्प छैन भनेर संघर्ष र विद्रोह सुरु गर्‍यौँ ।’

आफूहरूले हारेको नभई जितेको बताउदै प्रचण्डले पार्टी फुटाइएको र २५ प्रतिशतमा ओली, ७५ प्रतिशतमा आफुहरु भएको बताए ।

 

सम्बन्धित समाचार

सबै