0
Shares
धादिङः धादिङमा गएराति मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भई दक्षिणी धादिङको धुनीबेँसी नगरपालिका–१ मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
दुर्घटनामा परि मृत्यु हुनेमा धुनीबेँसी नगरपालिका–१ का ५२ वर्षीय साइली तामाङ र ५५ वर्षीय रुमाल तामाङ भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ७ जना घाइते छन् । घाइतेमध्ये दुई जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।