0
Shares
काठमाडौंः बुधबार (आज) सुनको मूल्य घटेको छ । मंगलबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले घटेको हो ।
मंगलबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्यमा पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।