प्रदेश १ का मुख्यमन्त्री आचार्यले गरे प्रदेशको नामाङ्करणलाई टुङ्गो लगाउने जिकिर

0 Shares

काठमाडौँः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले भीम आचार्य नेतृत्वको प्रदेश सरकारले गरेको काममा पुनरावलोकन गरिने बताएका छन् । बिहीबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री राईले आचार्य नेतृत्वको सरकारले रित नपुराई गरेका कामलाई स्वीकार गर्ने पक्षमा नरहेको भन्दै पुनरावलोकन गरिने बताएका हुन् ।

उनले यसअघिको प्रदेश सरकारले कानूनबितपरित र रित नपुराई धेरै काम गरेको र त्यसलाई खारेज गर्ने धारणा राखे । उनले आफु अगाडीका दुई वटा सरकारले गरेका महत्वपूर्ण र राम्रा कामलाई भने वेवारिसे नछोड्ने भन्दै निरन्रता दिने उल्लेख गरे ।

त्यस्तै मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा प्रदेशको नामाङ्करणलाई टुङ्गो लगाउन पहल र नेतृत्व गर्नेे जिकिर गरे ।

उनले प्रदेशको बजेट अत्यन्तै सानो रहेको र बजेटको आयातनलाई ठूलो बनाउन प्रयास गरिने समेत जनाए ।

सम्बन्धित समाचार

सबै