भट्टराईले दिए ओलीलाई यस्तो चुनौती !

0 Shares

काठमाडौंः जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत छोरी मानुषी यमी भट्टराई बेलायत पढ्न गएको प्रमाणित गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । उनले ७ वर्षको उमेरमा जनयुद्धपूर्व मात्र मानुषी आमा हिसिला यमीसँग बेलायत गएको बताउँदै यस्तो चुनौती दिएका हुन् ।

उनले भने ‘मित्र खड्गप्रसादजी, पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन कुरा गर्नु शोभनीय भएन,’ उनले ओलीले आज दिएको अभिव्यक्ति लगत्तै ट्वीट गरेका छन्,‘हाम्री छोरी मानुषी ७ बर्षको उमेरमा जनयुद्धपूर्व २०४९-५१मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको वेला संगै गएर संगै फर्केकी हुन्। त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !’

सम्बन्धित समाचार

सबै