0
Shares
काठमाडौंः चीनले ३ लाख डोज कोरोना विरुद्धको खोप नेपाली सेनालाई उपलब्ध गराएको छ।
आज (सोमबार) नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई ३ लाख डोज कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।
चीनको सेनाले १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित ३ लाख डोज खोप हस्तान्तरण नेपाली सेनालाई गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले सहयोगको लागि धन्यवाद दिएका थिए ।