0
Shares
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले अचानक मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज दिउँसो ३ बजेका लागि बोलाइएको उक्त बैठकमा नियमित एजेण्डा रहेको छ ।
उनी संयुक्त अधिराज्य ग्लास्गोबाट फर्किएपछि यो पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । गत १८ गते जलवायु सम्बन्धी लिडर समिटबाट देउवा स्वदेश फर्किएका थिए ।