अध्यक्ष चण्डेश्वर लगाएतका न्यायधिशहरु यसो भन्छन् प्रधानन्याधिशको राजीनामा बारे !

0 Shares

काठमाडौँः नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्न आइतबार पनि सर्वोच्चमा धर्ना दिने जनाएको छ ।

शुक्रबार सर्वोच्चमा धर्ना दिएपछि बारमा आयोजित सभामा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि सर्वोच्चमा धर्ना दिने र सोमबार तथा मंगलबार बिरोध प्रदर्शन गर्ने जानकारी दिए । उनले प्रधानन्याधिशको राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताए । उनले सर्वोच्चले प्रहरी परिचालन गरेर गेट बन्द गरेका कारण सडकमा धर्ना दिनुपरेको उल्लेख गरे । श्रेष्ठले आइतबार नै आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।

त्यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले भ्रष्ट प्रधानन्यायाधीशको बिषयमा राजनीतिक दलहरुले बोल्ने समयमा आएको बताए । प्रधानन्यायधिशले कुर्सी नछाडे कार्यकालभरि आन्दोलन जारी राख्ने उनले चेतावनी दिए । उनले सर्वोच्च अदालतलाई बन्ध्याकरण गर्ने काम प्रधानन्याधिशले गरेको टिप्पणी गरे । थापाले प्रधानन्यायाधीश जबरा हारिसकेको भन्दै थप क्षति हुनबाट जोखिन सुझाव दिए ।

वरिष्ठ अधिवक्ता हरिहर दाहालले आफुहरुको आन्दोलन न्यायलयको सुधारका लागि भएको बताए । प्रधानन्यायधिशको सम्मानजनक बहिर्गमन नभए पदच्यूतको बाटोमा जानुपर्ने उनले चेतावनी दिए ।

सम्बन्धित समाचार

सबै