एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी

0 Shares

काठमाडौंः सर्वोच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो ।

जबरालाई कार्यालय प्रवेशमा रोक्ने गरी बार आन्दोलनमा उत्रिएको छ । आन्दोलित कानुन व्यवसायीलाई सर्वोच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास गरेपछि धकेलाधकेल भएको हो ।

बार महासचिव लिलामणी पौडेलले आफूहरूमाथि बल प्रयोग भएको बताए । सर्वोच्च गेटबाट चार जना पक्राउ परेका छन् ।

सम्बन्धित समाचार

सबै