बोलेरो जिप दुर्घटनाः ३ मृत्यु, १३ घाइते

0 Shares

ओखलढुंगाः ओखलढुंगामा बोलेरो जिप दुर्घटना भएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते छन् ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतेनीका ३५ वर्षीया मिठुमाया मगर, अन्दाजी १६ वर्षीया तुलसा मगर र खगेन्द्र मगर छन् । दुर्घटनामा परी घाइते भएका १३ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लाने तयारी भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै