आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ

0 Shares

काठमाडौंः गुल्मीमा आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । १३ वर्षीय बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा इस्मा गाउँपालिका–३ गल्मीका १९ वर्षीय युवक रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बलात्कार आरोपी युवकलाई इस्मा प्रहरीले ३ दिन अघि नै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ती युवकलाई गएराति जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको इस्मा प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

सम्बन्धित समाचार

सबै