ग्लोबल बैंकद्धारा २ सय ८७ शाखा सहित थप नयाँ शाखा सञ्चालनमा

0 Shares

काठमाडौंः ग्लोबल आइएमई बैंकले खाँदबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले संखुवासभाको खाँदबारीमा नयाँ शाखा संचालनमा ल्याएको हो । योसँगै बैंकको शाखा संख्या २ सय ८७ पुगेको छ ।

यस्तै, २ सय ५२ एटीएम, २ सय ६३ शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सय ४० भन्दा बढी सेवा केन्द्रबाट २७ लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

 

सम्बन्धित समाचार

सबै