ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोलाको कति ?

0 Shares

काठमाडौंः आज सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार तोलामा २ सय रुपैयाले बढेको सूनको मूल्य आज तोलामा १६ सय रुपैयाले घटेको हो ।

सोमबार तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर प्रतितोला एक हजार दुई सय ५५ रुपैयाँ कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

सबै