आज कति छ सुनचाँदीको मूल्य ?

0 Shares

काठमाडौं: बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । साताको पाँचौ कारोबार दिन छापावाला सुनको मूल्य स्थिर रहेको छ ।

अघिल्लो कारोबार दिन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार हुनेछ । तेजावी सुन हिजो पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधवार १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिदबिक्री हुनेछ ।

सम्बन्धित समाचार

सबै