तीनतले डुङ्गामा आगलागी, कैयौँको मृत्यु

0 Shares

बिबिसी : बाङ्ग्लादेशमा एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तीमा ३६ जनाको ज्यान गएको छ । त्यहाँको सुगन्धा नदीमा उक्त घटना भएको हो ।

घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३६ वटा शव फेला पारिएको बीबीसी बाङ्ग्लालाई बताए । डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान छ । एमभी अभियान नामक डुङ्गा गएराति ढाकाबाट बर्गुनाका लागि रमाना भएको थियो ।

शुक्रवार विहानै उक्त डुङ्गामा आगलागी शुरू भएको थियो । आगलागीको कारण स्पष्ट हुन सकेको छैन ।

सम्बन्धित समाचार

सबै