रौतहटमा गोली प्रहार गर्ने पक्राउ

0 Shares

चैत २ गते रौतहटमा शुक्रबार दिउँसो एक जना मनि ट्रान्सफरका सञ्चालकमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ।

जिल्लाको परोहा नगरपालिका–९ रामपुरखाप स्थित रहेको शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार भएको हो ।

सञ्चालकमाथि गोली प्रहार गर्ने समुहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट साह घाइते भएका छन्। उनलाई उपचारको लागि वीरगञ्ज ल्याइएको छ । लुटपाट गर्ने उद्देश्यले मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको हुनसक्ने तर, घटनाको बारेमा बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै