0
Shares
मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले आफैँ मकवानपुर जिल्लाको हेटौडा पुगी समग्र जिल्लाको वस्तुस्थिति बारे जानकारी लिएका छन् | माननीय अध्यक्षज्यूलाई मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे ले जिल्लामा कोरोना को अवस्था तथा अन्य विषयहरु बारे जानकारी गराउनुभएको थिए |
तत्पश्चात हेटौडामा मधेशी समुदायका अगुवाहरुले माननीय अध्यक्षज्यूलाई भेट गरी त्यहाँका समस्याहरुको बारेमा जानकारी गराएका थिए | आयोगले गर्नुपर्ने कार्यहरुमा आयोग सधै तयार रहेको कुरा माननीय अध्यक्षज्यूले बताउनुभयो |